होटल तथा पर्यटन क्षेत्रको विकासका लागि एकता र सहकार्य अपरिहार्य – दामोदर नेपाल

होटल व्यवसायी संघ काठमाडौं द्वारा आयोजित बधाई तथा शुभकामना कार्यक्रममा होटल व्यवसायी महासंघ नेपालका अध्यक्ष टी. आर. भण्डारी (शंकर) को विशेष उपस्थिती रहेको थियो।

कार्यक्रममा प्रमुख अतिथिहरू, संघका पदाधिकारी तथा देशभरका होटल व्यवसायीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै होटल तथा पर्यटन व्यवसायी संघ नेपाल, बागमती प्रदेशका अध्यक्ष दामोदर नेपालले पाँचौँ महाधिवेशनमार्फत सर्वसम्मत रूपमा निर्वाचित सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो। उहाँले नव-निर्वाचित नेतृत्वले होटल तथा पर्यटन क्षेत्रको समग्र विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो।

उहाँले पर्यटन क्षेत्रलाई अझ व्यवस्थित, प्रतिस्पर्धी र दिगो बनाउन व्यवसायीहरूको एकता, सहकार्य र साझा प्रयास अपरिहार्य रहेकोमा जोड दिनुभयो। साथै, आगामी दिनहरूमा संघले सबै सरोकारवालासँग सहकार्य गर्दै पर्यटन प्रवर्द्धन तथा व्यवसायिक सुदृढीकरणमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

सोही अवसरमा अध्यक्ष दामोदर नेपालले महासंघको नव-निर्वाचित सम्पूर्ण टिमलाई पुनः बधाई तथा शुभकामना व्यक्त गर्दै देशभरका होटल व्यवसायीहरूका समस्या समाधान र व्यवसायिक स्तरोन्नतिका कार्यमा सफल हुन सकोस् भन्ने शुभेच्छा व्यक्त गर्नुभयो।