हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना !
नेपाली होटल व्यवसायी संघ, नयाँ बसपार्क, काठमाडौंको सम्पन्न अधिवेशनबाट अध्यक्षमा निर्वाचित श्री सामदेन लामा (दिपक)ज्यू लगायत सम्पूर्ण नवनिर्वाचित कार्यसमितिलाई होटल व्यवसायी महासंघ नेपाल (HPFN) को तर्फबाट हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौँ।
नवनिर्वाचित नेतृत्वले होटल व्यवसायीहरूको हकहित, व्यवसायिक एकता तथा आतिथ्य क्षेत्रको प्रवर्द्धनमा प्रभावकारी भूमिका निर्वाह गर्दै नयाँ बसपार्क क्षेत्रलाई थप व्यवस्थित, सुरक्षित र आकर्षक पर्यटन तथा आतिथ्य गन्तव्यका रूपमा विकास गर्न सफल होस् भन्ने शुभेच्छा व्यक्त गर्दछौँ।


