यस होटल व्यवसायी महासँघ देशैभरि छरिएर रहेका सामान्य देखि तारे होटलहरुको छाता सँगठनकोरुपमा कार्य गर्दै आइरहेको एक गैह्र-नाफामुलक राष्ट्रियस्तरको गैह्र-सरकारी सँस्था हो । बि.सँ.२०६८ सालमा जिल्ला प्रशासन कार्यालय, काठमाडौँमा बिधिवत दर्ता भएर आफ्नो बैधानिकता दिई होटल व्यवसायी र पर्यटनको क्षेत्रमा विभिन्न कार्यक्रमहरु सँचालन गर्दै आइरहेको छ ।
सँघीय गणतन्त्र नेपालको ७७ वटा जिल्लामा रहेका करिब ८० हजार होटल व्यवसायीहरुको छाता सँगठन यो होटल व्यवसायी महासँघ नेपालको सँघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकार, नेपाल पर्यटन बोर्ड, नेपाल पर्यटन विभाग, आन्तरिक तथा बाह्य पर्यटनसँग सरोकार राख्ने विभिन्न सँघ/सँस्थाहरुसँग समन्वय र सहकार्य गर्दै व्यवसायी तथा पर्यटन विकासको लागि विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आफ्नो विधानले निर्दिष्ट गरेका लक्ष्य र उद्देश्यहरुका साथ अगाडि बढिरहेको छ ।