लुम्बिनी प्रदेशको प्रमुख व्यापारिक शहर बुटवलमा होटल व्यवसायी महासंघ नेपालका संस्थापक नेतृत्व, पूर्व नेतृत्व तथा वर्तमान टिमबीच एक महत्वपूर्ण छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
उक्त कार्यक्रममा महासंघका अध्यक्ष टी. आर. भण्डारी (शंकर) को विशेष उपस्थिती रहेको थियो। छलफलमा संगठनको विगतको अनुभव, नेतृत्वको दूरदृष्टि तथा मार्गदर्शनलाई एकीकृत गर्दै महासंघको आगामी यात्रा अझ स्पष्ट, सुदृढ र परिणाममुखी बनाउने विषयमा गहन विचार–विमर्श गरिएको थियो।
कार्यक्रममा सहभागी सबै पक्षले संस्थाको दीर्घकालीन विकास, होटल तथा पर्यटन क्षेत्रको सशक्तीकरण तथा समन्वयात्मक नेतृत्वको आवश्यकतामा जोड दिएका थिए। अध्यक्ष भण्डारीले विगतका अनुभव र वर्तमान ऊर्जालाई समेट्दै संगठनलाई थप प्रभावकारी दिशामा अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।
छलफलले होटल व्यवसायी महासंघ नेपालको आगामी रणनीति तथा कार्यदिशा तय गर्न महत्वपूर्ण योगदान पुर्याउने विश्वास सहभागीहरूले व्यक्त गरेका छन्।
