होटल व्यवसायी महासंघ नेपालको नव निर्वाचित कार्यसमितिलाई प्रमाणपत्र वितरण कार्यक्रम भव्य रूपमा सम्पन्न

होटल बेस्ट वेस्टर्न, गौशाला काठमाडौंमा सम्पन्न होटल व्यवसायी महासंघ नेपाल को पाँचौं अधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिलाई प्रमाणपत्र वितरण कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रमका सभापति महासंघका नव निर्वाचित अध्यक्ष टि आर भण्डारी (शंकर) रहनुभएको थियो भने प्रमुख अतिथिका रूपमा बागमती प्रदेश सरकारका संस्कृति तथा पर्यटन मन्त्री सुरेश श्रेष्ठ को गरिमामय उपस्थिती रहेको थियो। त्यसैगरी विशिष्ट अतिथिहरूमा नरेशलाल श्रेष्ठ, बस्तुगत उपाध्यक्ष नेपाल उद्योग वाणिज्य महासंघ नेपाल तथा हिक्मत सिंह ऐर, का.वा. कार्यकारी प्रमुख नेपाल पर्यटन बोर्ड लगायतको विशेष उपस्थिती रहेको थियो।

कार्यक्रममा Hotel Association Nepal (HAN), Trekking Agencies’ Association of Nepal (TAAN), NATA Nepal, र्याफ्टिङ्ग संघ, पर्वतारोहण संघ, भिटोफका प्रतिनिधिहरू , संघका पूर्व अध्यक्ष, पूर्व सल्लाहकार, सदस्य संस्था, प्रदेश संघ, जिल्ला संघ तथा विभिन्न इकाईहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रमको स्वागत मन्तव्य महासंघका बरिष्ठ उपाध्यक्ष सन्तोष उप्रेती ले राख्नुभएको थियो साथै कार्यक्रम सञ्चालन महासचिव राजेश महोत्रा ले गर्नुभएको थियो । प्रमुख अतिथी तथा विशिष्ट अतिथीहरूको बाहुलीबाट नव निर्वाचित कार्यसमितिका पदाधिकारी एवं सदस्यहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो। कार्यक्रममा उपस्थित भई कार्यक्रमको गरिमा बढाइदिनु हुने सम्पूर्ण प्रमुख अतिथी, विशिष्ट अतिथी, अतिथी महानुभाव, संघसंस्था, सञ्चारकर्मी तथा सम्पूर्ण उपस्थित महानुभावप्रति होटल व्यवसायी महासंघ नेपाल हार्दिक आभार व्यक्त गर्दछ।