HPFN प्रतिनिधि टिम र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीबीच भेटवार्ता, व्यवसायीका समस्याबारे छलफल

होटल व्यवसायी महासंघ नेपाल (HPFN) को प्रतिनिधि टिमले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री माननीय खडकराज पौडेल (गणेश) ज्यूसँग शिष्टाचार भेटवार्ता गरेको छ ।

उक्त भेटमा होटल तथा पर्यटन व्यवसायीहरूले भोगिरहेका साझा समस्या तथा सरोकारका विषयहरू बुँदागत रूपमा प्रस्तुत गर्दै विस्तृत छलफल गरिएको थियो। छलफलमा विशेषगरी नीति सुधार, व्यवसायमैत्री वातावरण, पर्यटन प्रवर्द्धन तथा व्यवसायीका व्यवहारिक समस्याहरू समाधान गर्ने विषयमा ध्यान केन्द्रित गरिएको थियो ।

मन्त्रीज्यूले प्रस्तुत गरिएका विषयहरू प्रति सकारात्मक धारणा व्यक्त गर्दै आवश्यक सहयोग र सहकार्य गर्ने प्रतिबद्धता जनाउनुभएकोमा होटल व्यवसायी महासंघ नेपालले हार्दिक आभार व्यक्त गरेको छ ।

महासंघले उक्त भेटवार्तालाई पर्यटन क्षेत्रको विकास तथा व्यवसायीहरूको समस्या समाधानतर्फ महत्वपूर्ण कदमको रूपमा लिएको जनाएको छ ।