“Hospitality Management Training” कार्यक्रम सम्पन्न

देशैभरीका साना, मझौला र ठुला होटल रेस्टुरेन्ट, ब्याङ्‍केट, रिसोर्ट, लाउन्ज एवम् क्याफे लगायतका होटल व्यवसायीहरुको व्यवसायिक ज्ञान अभिवृद्धि तथा सामाजिक सहकार्यको उद्देश्य अनुरुप नेपाल पर्यटन बोर्ड र होटल व्यवसायी महासंघ नेपालले संयुक्त रुपमा मिति २०८० बैशाख १५ गते एक समारोहका बीच संस्कृति, पर्यटन तथा नागरिक उड्‍डयन मन्त्री माननिय सुदन किराँतीज्यूले समुद्‍घाटन गर्नु भई शुभारम्भ भएको “Hospitality Management Training” कार्यक्रमको यहि मिति २०८० बैशाख १६ गते काठमाण्डौको गौशाला स्थित पौवा होटल प्रा.लि.मा ११६ जना व्यवस्थापक व्यवसायी प्रशिक्षार्थी सम्मिलित समारोहमा प्रमुख अतिथिको आतिथ्यता संस्कृति, पर्यटन तथा नागरिक उड्‍डयन राज्यमन्त्री माननिय शुसिला सिर्पाली ठकुरीज्यू ग्रहण गर्नु भयो । सो तालिम समापन समारोहमा माननिय राज्यमन्त्री सिर्पालीज्यूले होटल व्यवसायीहरुको समस्यालाई सम्बोधन गर्ने गरी राज्यको कानुनी प्रणालीमा नीतिगत रुपमा समयसापेक्ष संशोधन एवम् परिमार्जन आवश्यक रहेको बताउनु हुँदै महासंघ नेपालले परिकल्पना गरेको आगामी ३ बर्षे रणनीतिका बुँदाहरु ऐनमा राख्ने विषयमा छलफल गरिनु पर्ने र त्यसलाई लागू गर्न सकेमा मात्र राष्ट्र समृद्धिको बाटोमा अघि बढ्ने तर्क राख्नु भयो ।

विशिष्ट अतिथि, नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक श्री हिक्मत सिंह ऐर, अतिथिहरुमा महासंघका नि.वर्तमान अध्यक्ष श्री हिराध्वज शाह, महासंघका पूर्व अध्यक्ष एवम् संरक्षक अमृत भूजेल, नेपाल पर्यटन बोर्डका बोर्ड पदाधिकारी एवम् सदस, विभिन्न सञ्चार माध्यमका पत्रकारहरु, होटल व्यवसायी महासंघका पदाधिकारी तथा केन्द्रिय सदस्य एवम् प्रदेश, जिल्ला स्तरका ईकाइ संघका होटल व्यवसायीहरु समेतको कार्यक्रममा उपस्थिति रहेको थियो ।

कार्यक्रममा उपस्थित सबैमा महासंघका वरिष्ठ उपाध्यक्ष श्री शेर बहादुर थापाज्यूले स्वागत मन्तव्य राख्नु भएको थियो भने तालिमका प्रशिक्षार्थीहरु मध्यबाट भनाई रान्नुहुने सहभागीले समयसापेक्ष र उपलब्धीमुलक रहेकोले यसलाई प्रदेश/जिल्ला स्तरमा रहेका व्यवसायी तथा कर्मचारीहरुलाई व्यापक रुपमा समावेश गरी तालिमहरु सञ्चालन गरिरहनु पर्ने धारणा राखेका थिए । कार्यक्रममा प्रमुख अतिथि, संस्कृति, पर्यटन तथा नागरिक उड्‍डयन राज्यमन्त्री माननिय शुसिला सिर्पाली ठकुरीज्यूले तालिमका प्रशिक्षार्थीहरुलाई प्रमाण पत्र र अतिथिहरुलाई मायाँको चिनो प्रदान गर्नु भएको थियो । होटल व्यवसायी महासंघ नेपालका अध्यक्ष श्री दिनेश कुमार चुकेज्यूले राज्यका नियमक निकायहरुसंगको निरन्तर समन्वय र सहकार्यलाई घनिभूत पार्दै होटल व्यवसायीका समस्यामा महासंघ नेपालले अपन्वत्व लिँदै समाधान गर्न निरन्तर लागि पर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो । वहाँले होटल व्यवसायी महासंघ नेपाल देशको आर्थिक समृद्धिको लागि सबैसंग हातेमालो गर्ने, ऐनलाई परिमार्जन गरि होटल रेष्टुरेन्टलाई पर्यटन उद्योग सरह मान्यता दिलाउन पहलता लिने, स्थानिय उत्पादन, संस्कृति, पहिरन आदिको पहिचान गर्न मेला महोत्सवको आयोजना गर्ने, छिमेकी राष्ट्र भारत र चीनबाट पर्यटक आउने वातावरण बनाउनको लागि पहल गर्ने, तालिम गोष्ठीको विशेष व्यवस्था गरि सबै प्रदेश र जिल्लाका होटल व्यवसायीहरुलाई प्रशिक्षित गर्ने आदि विषयमा ध्यान दिनुपर्ने बारे धारणा व्यक्त गर्नु भयो ।

होटल व्यवसायी महासंघ नेपालको मिति २०७९ पौष १९ र २० गते चितवनमा सम्पन्न १०औं बार्षिक साधारण सभा एवम् चौथो राष्ट्रिय महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रिय सदस्यहरुलाई महाधिवेशन सफल पार्न खट्टिनु भएका निर्वाचन अधिकृत, अधिवक्ता राजु खत्रीले सपथ ग्रहण गराउनु भयो । यसै गरी नवनिर्वाचित अध्यक्ष श्री दिनेश कुमार चुकेलाई निवर्तमान अध्यक्ष श्री हिराध्वज शाहले पदस्थापन गर्नु भयो । निर्वाचित पदाधिकारी तथा केन्द्रय सदस्यहरुलाई निर्वाचित प्रमाण पत्र दिइएको थियो भने निर्वाचन समिति र पूर्व पदाधिकारीहरुलाई समेत प्रमाण पत्र सहित सम्मान गरिएको थियो ।