होटल व्यवसायी महासंघ नेपालका अध्यक्ष दिनेश कुमार चुकेज्यूको प्रमुख आतिथ्यतामा जिल्ला होटल व्यवसायी संघ काठमाण्डौद्वारा नयां बर्ष २०८० को शुभकामना आदान प्रदान, भित्ते पात्रो लोकार्पण तथा बालाजु होटल व्यवसायी संघ, बालाजु र नेपाल गेष्ट हाउस व्यवसायी समाज, सुनधाराका नव निर्वाचित कार्यसमिति पदाधिकारी तथा सदस्यहरु एवम् जिल्ला होटल व्यवसायी संघ, काठमाण्डौका सल्लाहकारहरुलाई बधाई तथा सफल कार्यकालको शुभकामना सहित यहि मिति २०८० बैशाख २३ गते एक समारोहका बीच प्रमाण-पत्र प्रदान गरियो । विशिष्ठ अतिथिको रुपमा होटल व्यवसायी महासंघ नेपालका वरिष्ठ उपाध्यक्ष शेर बहादुर थापा र नेपाल पर्यटन बोर्डका बरिष्ठ निर्देशक हिकमत सिंह ऐर हुनुहुन्थ्यो ।
होटल व्यवसायी महासंघ नेपाल, वागमती प्रदेशका अध्यक्ष दामोदर नेपाल, सामुदायिक सेवा केन्द्रका अध्यक्ष केदारनाथ पाठक, काठमाण्डौस्थित होटल व्यवसायी महासंघ नेपाल मातहत विभिन्न ईकाइहरुमा आवद्ध पदाधिकारी तथा सदस्य एवम् होटल व्यवसायीहरुको आतिथ्यता रहेको सो भव्य कार्यक्रमको सभापतित्व जिल्ला होटल व्यवसायी संघ काठमाण्डौका अध्यक्ष शैलेश कार्कीले गर्नु भएको थियो भने उद्घोषण तथा सञ्चालन संघका महासचिव विष्णु घिमिरेले गर्नु भएको थियो ।