कार्यक्रममा अध्यक्ष टी. आर. भण्डारी (शंकर) को उपस्थिती तथा सम्बोधन

होटल व्यवसायी संघ काठमाडौं द्वारा आयोजित बधाई तथा शुभकामना कार्यक्रममा होटल व्यवसायी महासंघ नेपालका अध्यक्ष टी. आर. भण्डारी (शंकर) को विशेष उपस्थिती रहेको थियो।

कार्यक्रममा बोल्दै अध्यक्ष भण्डारीले पाँचौँ महाधिवेशन मार्फत सर्वसम्मत रूपमा निर्वाचित सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो। उहाँले उक्त अवसरमा केन्द्रिय सदस्यज्यूलाई प्रदान गरिएको सम्मानप्रति आभार प्रकट गर्दै यसले थप जिम्मेवारीका साथ कार्य गर्न प्रेरणा मिलेको उल्लेख गर्नुभयो।

त्यसैगरी, प्रमुख अतिथि नेपाल पर्यटन बोर्डका निमित्त निर्देशक तथा अनुसन्धान, योजना तथा अनुगमन निर्देशक आदरणीय लक्ष्मण गौतमज्यू तथा संघका अध्यक्ष सुरेश बरालज्यूबाट प्राप्त शुभकामनाले होटल तथा पर्यटन क्षेत्रको विकास र विस्तारका लागि अझ सक्रिय रूपमा काम गर्ने ऊर्जा प्रदान गरेको उहाँको भनाइ थियो।

कार्यक्रमको सफल आयोजनाप्रति आयोजक, अतिथि तथा सम्पूर्ण सहभागीप्रति अध्यक्ष भण्डारीले हार्दिक धन्यवाद तथा कृतज्ञता व्यक्त गर्दै आगामी दिनहरूमा सहकार्य, समन्वय र एकताको भावनासहित पर्यटन क्षेत्रको उन्नतिका लागि निरन्तर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।