HPFN को नवनिर्वाचित टिम र नेपाल पर्यटन बोर्ड (NTB) बीच सहकार्य, MOU तथा पर्यटन प्रवर्द्धनबारे छलफल

होटल व्यवसायी महासंघ नेपाल (HPFN) को नवनिर्वाचित प्रतिनिधि टिमले नेपाल पर्यटन बोर्ड (NTB) का प्रमुख कार्यकारी अधिकृत (CEO) तथा सम्बन्धित अधिकारीहरूसँग शिष्टाचार भेटवार्ता गरेको छ ।

उक्त भेटमा HPFN र NTB बीच सहकार्यका सम्भावनाबारे विस्तृत छलफल गरिएको थियो। विशेषगरी MOU (समझदारी पत्र), ब्रान्डिङ, क्षमता विकास तालिम तथा पर्यटन प्रवर्द्धनका संयुक्त कार्यक्रमहरू सञ्चालन गर्ने विषयमा गहिरो छलफल भएको हो ।

बैठकमा निजी होटल व्यवसाय क्षेत्र र राष्ट्रिय पर्यटन निकायबीच समन्वयलाई अझ मजबुत बनाउँदै नेपालको पर्यटन क्षेत्रलाई आन्तरिक तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने विषयमा जोड दिइयो ।

दुवै पक्षले नेपालको पर्यटन उद्योगलाई दिगो विकासको दिशामा अघि बढाउन, व्यवसायीहरूको सीप विकास गर्न तथा प्रभावकारी सहकार्यका कार्यक्रमहरू सञ्चालन गर्न सहमत भएको जानकारी दिइएको छ ।