मगर भेजा समाज नेपालका कार्यवाहक अध्यक्ष तथा प्रमुख अतिथि ज्ञानेन्द्र पुन मगर र होटल व्यवसायी महासंघ नेपालका वरिष्ठ उपाध्यक्ष शेर बहादुर थापाको विशिष्ठ आतिथ्यतामा आज मिति २०८० बैशाख २७ गते टोखा नगरपालिका, ११ नं. वडा कार्यालयमा नेपालको वर्तमान समसामयिक आर्थिक अवस्था एवम् विश्व आर्थिक मन्दीका कारण आम मानिसहरुले झल्नु परिरहेको समस्या, असर र त्यसबाट बच्ने, बचाउने उपायहरुका बारेमा वृहत अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भयो ।
उक्त कार्यक्रममा होटल व्यवसायी महासंघ नेपालका वरिष्ठ उपाध्यक्ष शेर बहादुर थापाले व्यवसायी तथा कर्मचारीहरुलाई “Hospitality Management Training” दिलाई सबल एवम् सक्षम बनाउनुका साथै आम्दानी अनुसार आवश्यक कार्यमा मितव्ययी ढंगले खर्च गरि असाधारण परिस्थिति आउनबाट जोगाउन सबै तह र तप्काबाट प्रयत्न गर्नु पर्ने विषयमा आफ्नो धारणा राख्नु भयो । सो कार्यक्रममा मगर भेजा समाज नेपालका पदाधिकारी सहित सदस्यहरुको उपस्थिति रहेको थियो ।