कलंकी होटल एण्ड गेष्ट हाउस एसोसिएसनको १४औँ वार्षिक साधारण सभा तथा अधिवेशन सम्पन्न, नयाँ कार्यसमिति निर्विरोध निर्वाचित

काठमाडौं। कलंकी होटल एण्ड गेष्ट हाउस एसोसिएसनको १४औँ वार्षिक साधारण सभा तथा अधिवेशन सम्पन्न भई नयाँ कार्यसमिति निर्विरोध रूपमा चयन भएको छ।

अधिवेशनबाट कुमार श्रेष्ठ अध्यक्षमा निर्विरोध निर्वाचित हुनुभएको छ। त्यसैगरी श्याम चौलागाई वरिष्ठ उपाध्यक्ष, राजु घिमिरे उपाध्यक्ष, अप्सरा खापा महासचिव, रेशम पुलामी सचिव, माधव प्रसाद गौतम कोषाध्यक्ष तथा नहकुल भट्टराई सह–कोषाध्यक्षमा निर्विरोध निर्वाचित हुनुभएको छ।

यसका साथै अधिवेशनबाट निर्वाचित सम्पूर्ण कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई हार्दिक बधाई ज्ञापन गर्दै सफल, प्रभावकारी तथा उपलब्धिमूलक कार्यकालको शुभकामना व्यक्त गरिएको छ।

नवनिर्वाचित कार्यसमितिले होटल तथा गेष्ट हाउस व्यवसायीहरूको हकहित संरक्षण, व्यवसायको प्रवर्द्धन, सदस्यबीच सहकार्य अभिवृद्धि तथा पर्यटन क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरिएको छ।