Vision

Vision

होटल व्यवसायी महासंघ नेपालको अवधारणा पत्र आगामी ३ बर्षको (२०८०–२०८२)

१. अध्यक्ष दिनेश कुमार चुकेबाट होटल व्यवसायी महासंघ नेपाललाई निःशुल्क दिनु भएको भरतपुर महानगरपालिकाको वडा नं. ३ बारघरेमा १ कठ्ठा जग्गा र थप १ कठ्ठा जग्गा थप गरी सो मा भरतपुर महानगरपालिका, बागमती प्रदेश सरकार र केन्द्रिय सरकारको सहयोग समेत लिएर भवन सम्पन्न गर्ने । सो को लागि महासंघले अध्यक्षको संयोजकत्वमा अर्थ संकलन तथा निर्माण समिति गठन गरिनेछ ।

२. हेटौडा उपमहानगरपालिकाबाट उपलब्ध वडा नं. ११ मा ५ कठ्ठा जग्गा (प्रहरी नायब महानिरिक्षकको कार्यालय राजमार्गको पछाडि) मा मकवानपुर होटल व्यवसायी संघ, बागमती प्रदेश संघ कार्यालय र तालिम केन्द्र समेतको पक्की भवन निर्माण गर्न महासंघ, प्रदेश र जिल्ला संघबाट अर्थ संकलन तथा निर्माण समिति गठन गरिनेछ ।

३. महासंघले कार्यालय सञ्चालन व्यवस्थित गर्ने र E-bulletin प्रकाशन गर्ने, Website अध्यावधिक गर्ने, मासिक÷त्रैमासिक रुपमा सचिवालय÷केन्द्रिय समितिको बैठक नियमित गर्ने । सो को लागि नेपालको पूर्व देखि पश्चिम सम्म आपसी सल्लाह अनुसार बैठक सञ्चालन गर्न आवश्यक व्यवस्था मिलाईनेछ ।

४. देशै भरी करिब ८० हजार होटल तथा रेष्टुरेन्ट रहेको र ३ खर्ब लगानी तथा ८ लाख रोजगारी रहेको यस पर्यटन व्यवसायलाई अझ व्यवस्थित नियमित, स्वस्थ र पारिवारिक वातावरणमा सेवा गर्नको लागि होटल रेष्टुरेन्ट व्यवसायीहरु र कर्मचारीहरुलाई विभिन्न तालिमहरु (व्यवस्थापन, कुक, वेटर, मार्केटिभ्̈, रिसेप्सनिष्ट, लेखा) देशैभर क्रमिक रुपमा स्थानिय सरकार, प्रदेश सरकार, केन्द्रिय सरकार,Nepal Academy of Tourism and Hotel Management (NATHM), Ensure/Helvitas कार्यक्रम आदिबाट सहयोग लिएर तालिम गर्ने÷गराउने व्यवस्था मिलाइनेछ ।

५. देशैभर छरिएर रहेको महासंघसंग आवद्ध प्रदेश, जिल्ला र इकाईहरुका व्यवसायी मित्रहरुलाई देशको एक कुनाबाट अर्को कुनामा गएर व्यवसायको बारेमा आदान प्रदान र आन्तरिक पर्यटन प्रवद्र्धन गर्नको लागि छुट सहितको सहुलियत परिचय पत्र (Privilege Card) आगामी आर्थिक बर्ष २०८०/०८१ श्रावण देखि लागू गर्ने ।

६. आन्तरिक पर्यटन नै देशको कृषि तथा आय उत्पादनको खपत, रोजगारी र आर्थिक चलायमानको आधार भएकोले सो को प्रवद्र्धन गर्न विभिन्न जिल्ला र प्रदेशहरुमा क्षेत्र अनुसार सहुलियत दरमा भ्रमण प्याकेज बनाई उद्योग बाणिज्य संघ, सहकारी, स्कूल, कलेज, स्थानिय पालिका अन्तरगत रहेको टोल विकास संस्थाहरु, आमा समूह, सामुदायिक वनहरु, लायन्स क्लब, रोटरी क्लबहरु लगायत संघ संस्थाहरुलाई पर्यटन भ्रमणको लागि प्रोत्साहित गरिनेछ ।

७. हामीलाई छिमेकी मुलुक चिन र भारतबाट नेपाल घुम्न आउने वातावरण बनाउन सके विदेशी विनिमय आर्जन गर्ने माध्यम पर्याप्त हुनेछ । तसर्थ, चिन र भारतको सिमाना नजिकको शहरहरुमा पर्यटन प्रवद्र्धनको लागि सरकारी निकाय, स्थानिय निकाय र ट्राभल्स एण्ड टुर एजेन्सीहरु बीच आपसी सम्बन्ध कायम गरी भ्रमण आदान प्रदान गरी पर्यटकहरुलाई आउने वातावरण सृजना गरिनेछ ।

८. हामीसंग देशमा रहेको संस्कृति, पहिरन, स्थानिय परिकारहरुको संरक्षण र प्रचार प्रसार गर्न विभिन्न पर्वहरुमा सोही अनुसारको संस्कृति प्रस्तुत गरी मेला महोत्सव आयोजना गर्ने व्यवस्था मिलाउने र विभिन्न प्रदेश र जिल्लाहरुमा महासंघले बर्षको न्युनतम १ पटक मेला महोत्सव आयोजना गरी पर्यटन आगमनको वातावरण गराउने कार्य गरिनेछ ।

९. हामी होटल व्यवसायीहरुले Room and Restaurant Sales गरी उधारोमा दिनु पर्ने अवस्था आईपर्दा बर्षौं सम्म पनि उठ्न नसक्ने अवस्था रहेको छ । उक्त रकम करोडमा बांकी रहँदा होटल व्यवसायीहरुलाई मारमा रहेकोले “उधारो असुली समिति” जिल्ला जिल्लामा गठन गर्नु पर्ने र नियमानुसार उक्त रकम असुल गरी व्यवसायीहरुलाई सुरक्षित गर्ने वातावरण महासंघले गर्नेछ । हामी व्यवसायीहरु पनि अनुशासित हुनु पर्नेछ । सो को लागि आचार संहिता तयार गरी हामी बीच समाजमा योग्य व्यवसायिक व्यक्तित्वको पहिचान बनाउन कोशिस गर्नेछौं ।

१०. खर्बौ रकम नीजि स्तरबाट लगानी गरी ८ लाख रोजगारी दिएको र देशभित्र उत्पादिन सम्पूर्ण वस्तुहरुको अत्यधिक रुपमा खपत गर्ने होटल तथा रेष्टुरेन्ट रहेकोले नेपाल सरकारको केन्द्र, प्रदेश र स्थानिय पालिकाहरुले होटल व्यवसायी महासंघ, प्रदेश र जिल्लामा रहेको व्यवसायीहरुलाई प्रतिनिधित्व गराउने, बजेट तर्जुमा गर्दा सहयोग लिने कार्य गर्ने र विभिन्न पर्यटन प्रवद्र्धनको कार्यक्रमहरुमा सक्रियता जनाउने कार्य गर्नु पर्दछ । ऐन र नियमले आवद्ध हुन नसकेको होटल तथा रेष्टुरेन्ट व्यवसायीहरुलाई सहज रुपमा पर्यटन उद्योग सरह दर्ता गराउने वातावरण सरकारबाट हुने व्यवस्था लागू गरी सहुलियत दरमा कर्जामा व्याज र बहालमा सञ्चालन भएको व्यवसायीहरुलाई चल सम्पतिको आधारमा बैंकहरुले कर्जा दिने व्यवस्था सहज गर्न वातावरण गरिनेछ ।

११. “सामाजिक कार्यहरुमा महासंघले सहकार्य” हामी समाजको सबै क्षेत्रमा प्रत्यक्ष अप्रत्यक्ष रुपमा संलग्न रहेका छौं । हामीले सामाजिक दायित्वहरु निर्वाह गरेका छौं । तसर्थ, समाजमा गर्नुपर्ने कार्यहरु रक्तदान कार्यक्रम, सरसफाई कार्यक्रम, विपत्तिको बेलामा सहयोग, व्यवसायीहरुलाई आपद्विपद् पर्दा सहयोग आदि गर्नुपर्ने हुन आउँछ । सोको लागि निश्चित कार्यक्रम बनाएर जिल्ला, प्रदेश र केन्द्रमा कार्यक्रमहरु अगाडि बढाईनेछ ।