सुदूरपश्चिमको धनगढीमा “Hospitality Management Training” सम्पन्न
20 Sep
होटल व्यवसायीहरुको छाता संस्था होटल व्यवसायी महासंघ नेपाल र नेपाल पर्यटन बोर्डद्वारा सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्लाहरुमा छरिएर रहेका होटल, रेस्टुरेन्ट, ब्याङ्केट, रिसोर्ट, लाउन्ज एवम् क्याफे लगायतसंग सम्बद्ध ५५ जना व्यवस्थापक तथा कर्मचारीहरु सरिक गराई मिति २०८० बैशाख २८ र २९ गते धनगढीमा दुईदिने “Hospitality Management Training” सफलतापूर्वक सम्पन्न गरियो। व्यवसायिक प्रवर्द्धन तथा सामाजिक सहकार्यको उद्देश्य अनुरुप सञ्चालित उक्त तालिम कार्यक्रम सफलताको लागि होटल व्यवसायी महासंघ नेपालका अध्यक्ष दिनेश कुमार चुकेले शुभकामना सन्देश पठाउनु भएको थियो । सो कार्यक्रमको समन्वय होटल व्यवसायी महासंघ नेपाल सुदूरपश्चिम प्रदेशले गरेको थियो भने सह-आयोजक जिल्ला होटल व्यवसायी संघ कैलाली रहेको थियो ।
जिल्ला होटल व्यवसायी संघ कैलालीका अध्यक्ष केशबदत्त पाण्डेको अध्यक्षतामा ऐ.बैशाख २८ गते शुभारम्भ भएको उक्त तालिम कार्यक्रमको उद्घाटन समारोहका प्रमुख अतिथि नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक हिकमत सिंह ऐर हुनुहुन्थ्यो। विशिष्ट अतिथिमा धनगढी उपमहानगरपालिका नगर प्रमुख गोपाल हमाल र अतिथीहरु उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय सुदूरपश्चिम प्रदेशका नि.सचिव भरत भट्ट, पर्यटन कार्यक्रम कार्यान्वयन इकाईका प्रमुख कालिराम चौधरी, आन्तरिक राजश्व कार्यालय धनगढीका प्रमुख कर अधिकृत गौरी शंकर उपाध्याय, खाद्य तथा गुण नियन्त्रण कार्यालयका प्रमुख नवराज दहाल, होटल ब्यवसायी महासंघ नेपालका माहिला उपाध्यक्ष धनादेवी चोखाल, होटल व्यवसायी महासंघ नेपालका पर्यटन सचिव कलमबहादुर बम, महासंघ नेपालका सल्लाहकार प्रमानन्द भण्डारी, सुदूरपश्चिम प्रदेशका केन्द्रिय सदस्यहरु, सुदूरपश्चिम प्रदेशका नौं वटै जिल्ला होटल व्यावसायी संघका अध्यक्ष, नाटा सुदूरपश्चिमका अध्यक्ष पदमबिक्रम सिंह र विभिन्न सरकारी तथा गैर सरकारी संघ संस्थाका प्रमुख एवम् प्रतिनिधिहरुको उपस्थित रहेको थियो ।
उक्त तालिम कार्यक्रमको दोश्रो तथा अन्तिम दिन ऐ.बैशाख २९ गते सम्पन्न समापन समारोहको अध्यक्षता जिल्ला होटल व्यवसायी संघ कैलालीका अध्यक्ष केशबदत्त पाण्डेले नै गर्नु भयो भने सुदूर पश्चिम प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव बेद ढकालको प्रमुख आतिथ्यता रहेको थियो । विशिष्ट अतिथिमा होटल ब्यवसायी महासंघ नेपालका प्रशासन उपाध्यक्ष वीर मन्जन बटाला र अतिथिहरुमा पर्यटन कार्यक्रम कार्यान्वयन इकाईका प्रमुख कालिराम चौधरी, खाद्य तथा गुण नियन्त्रण कार्यालयका प्रमुख नवराज दाहाल, होटल ब्यवसायी महासंघ नेपालका महिला उपाध्यक्ष धनादेवी चोखाल, महासंघ नेपालकै पर्यटन सचिव कलमबहादुर बम, सहल्लाकार प्रमानन्द भण्डारी, सुदूरपश्चिम प्रदेशका केन्द्रिय सदस्यहरु, सुदूरपश्चिम प्रदेश अध्यक्ष दिपकबहादुर खड्का, सुदूरपश्चिम प्रदेशका नौं वटै जिल्लाका होटल व्यावसायी संघका अध्यक्ष र विभिन्न सरकारी तथा गैर सरकारी संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थित रहेको थियो ।
“Hospitality Management Training” मा सहभागी प्रशिक्षार्थीहरुलाई खाद्य तथा गुण नियन्त्रण कार्यालयका प्रमुख नवराज दाहाल, आन्तरिक राजश्व कार्यालय कैलालीका कर अधिकृत बिदुर चुडाल, सुदूरपश्चिमाञ्चल एकेडेमी बिएचएम डिपार्टका निर्देशक डिल्लीराज भण्डारी, सेफ युद्दिस्टर सिंह घिमिरे र कैलाली बहुमुखी क्याम्पसका प्राध्यापक शिवराज जोशीबाट प्रशिक्षण भएको थियो ।