होटल व्यवसायी महासंघ नेपालका केन्द्रिय सदस्य, होटल व्यवसायी महासंघ लुम्बिनी प्रदेशका सल्लाहकार तथा होटल व्यवसायी संघ दाङ्ग घोराहीका निवर्तमान अध्यक्ष, शालिन एवम् भद्र व्यक्तित्व रूद्र बहादुर डाँगीको यहि मिति २०८० जेष्ठ १२ गते भएको असामयिक र अकल्पनिय निधनको खबरले हामी सम्पूर्ण व्यवसायी साथीहरु अत्यन्त दुःखी एवम् मर्माहित भएका छौं । समस्त व्यवसायिक क्षेत्रमा परेको अपुरणीय क्षतिको यस दुःखद घडिमा दिवंगत आत्माको चिरशान्तिको लागि भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजन प्रति ईश्वरले धैर्यधारण गर्ने शक्ति प्रदान गरुन भन्ने कामना सहित गहिरो समवेदना प्रकट गर्दछौं ।