देवचुली होटल ब्यवसाय संघको विमा पोलिसीः घाइतेलाई चेक प्रदान
20 Sep
देवचुली होटल ब्यवसायी संघले घाईतेको विमा रकम हस्तान्तरण गरेको छ । संघमा आवद्ध सदस्यहरूको सामुहिक विमा गरेको संघले देवचुली १३ मा होटल ब्यवसाय गर्दै आएका धन बहादुर मुग्मीलाई दस हजार रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेको हो ।
संघका उपाध्यक्ष लक्ष्मण चापागाईंको अध्यक्षता तथा होटल ब्यवसायी महासंघ केन्द्रीय सदस्य एवं देचुली होटल ब्यवसायी संघका अध्यक्ष शुरेस पाण्डेको प्रमुख आतिथ्तामा प्रदान गरिएको चेक हस्तान्तरण कार्यक्रममा नवलपुर होटल ब्यवसाय संघका उपाध्यक्ष नारायण काफ्ले, देवचुली होटल ब्यवसाय संघका सदस्य विष्णुप्रसाद भुर्तेल लगायत संघमा आवद्ध ब्यवसायीको उपस्थिति रहेको थियो । देवचुली होटल ब्यवसाय संघले ब्यवसायीबीचको सांगठनिक एकता, अप्ठ्यारोमा सहयोग, सामाजिक तथा मानव स्वास्थ्यको सन्दर्भ समेत जोडिएको ब्यवसाय सञ्चालन र ब्यवस्थापनका लागि तालिम, प्रशिक्षण, अन्तरक्रियाका क्रियाकलापलाई महत्त्वका साथ सञ्चालन गर्दै आएको महासंघका केन्द्रीय सदस्य पाण्डेले बताए ।
संघका सचिव भोजराज ज्ञवालीले संस्थागत रुपमा आवद्ध ब्यवसायी हकहित र पेसा प्रवर्द्धन-संवर्दन गर्ने उदेश्यले स्थापित संघले सामाजिक उत्तरदायित्व अन्तर्गत रहेर विमा गरेपछिको दुर्घटनामा घाईते भएकाको यो पहिलो विमा रकम दाबी र भुक्तानी भएको जनाए । संघमा आवद्ध सदस्यको १ लाख बराबरको विमा गरिएको ज्ञवालीले बताए । देवचुली होटल ब्यवसाय संघमा हाल २७३ ब्यवसायी आवद्ध छन् । यसैबीच, सोही क्रममा उपाध्यक्ष चापागाईंलाई केन्द्रीय सदस्य पाण्डे र जिल्ला उपाध्यक्ष काफ्लेले विमा पोलिसी हस्तान्तरण गरेका छन् ।